Home मुख्य समाचार समाजबाद भन्दै प्रदेश सरकारले झुक्कायोः सांसद राजेन्द्र पाण्डे

समाजबाद भन्दै प्रदेश सरकारले झुक्कायोः सांसद राजेन्द्र पाण्डे

हेटौंडाः बागमती प्रदेश सभाको बिहीबार बसेको दोस्रो बैठकमा सांसदहरुले बजेट प्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेकपा एमालेका सांसद राजेन्द्र पाण्डले नीति तथा कार्यक्रममा रुबी भ्याली एकिकृत विकास कार्यक्रम आएपनि बजेटमा नआएको भन्दै आक्रोश पोख्नुभएको छ ।

प्रदेश सरकारले राजश्व आय र व्ययमा गरेको अनुमान गर्न नै गल्ती भएको भन्दै विपक्षहरुले आरोप लगाउने अवस्था भएको बताउनुभयो । उहाँले बजेटमा खोप सम्बोधन भएर आएपनि कसरी खर्च गर्ने कुनै ठोस योजना नभएको बताउनुभयो । उहाँले दानमा आएको भन्दा बाहेकका खोप नआएको बताउनुभयो ।

यस्तै समाजवाद उन्मुख कार्यक्रममा बजेट नछुट्टाएर समाजवाद समाजवाद भन्दै सरकारले प्रदेशको नागरिकलाई झुक्काएको भन्दै अर्थ मन्त्रीलाई प्रष्ट गर्न आग्रह गर्नुभयो ।

सांसद लालकुमारी पुनले बजेट झण्डावाल, पकेटवालाको र एसम्यानहरु लक्षित भएर आएको बताउनुभयो । उहाँले बजेट पास गर्न माधव नेपाल समूहका सांसदहरुलाई बढी बजेट दिएर पास गर्न खोजेको भन्दै यस्तो प्रथाको विरोध गर्नुभयो । प्रदेश सरकारले सांसदहरुलाई असमानता गरेको भन्दै उहाँले प्रदेश सरकारलाई यस्तो गर्न लाज लाग्दैन भनेर प्रश्न गर्नुभएको छ ।

सांसद न्यूक्षेनारायण श्रेष्ठले सकारले हरेक वर्ष प्राथमिकता फरकफरक राख्दै आएको असन्तुष्टि जनाए । पहिलो वर्ष कृषि लाई्, दोस्रो भौतिक र तेस्रोमा स्वास्थ्य शिक्षा हुँदै गएको भन्दै बजेट खर्च हुन नसकेको आपत्ति जनाउनुभयो ।

उहाँले सरकारको बजेट खर्च हुन नसक्ने कारण केहो त्यसको गुदि पत्ता लगाउन आवश्यक भएको बताउनुभयो । उहाँले जथाभावी वितरण गरे बजेट आएको भन्दै स्पष्ट कुनै कार्यक्रम नआएको बताउनुभयो । सांसद जगत सिंखडाले ४ वर्षसम्म जनतालाई सरकारले झुक्काएको बताउनुभयो । उहाँले आगामी वर्षको बजेट कुहिरोमा हराएको काग जस्तो आएको भन्दै विचौलियालाई पोस्ने गरी आएको बताउनुभयो । सांसद रमेश पौडेलले प्रत्यक्ष निर्वाचित सांसदलाई ३ करोड र समानुपातिक सांसदलाई घुमाउरोब बाटोबाट १ करोड बजेट बाड्न लागेको भन्दै त्यसको विरोध गर्नुभएको छ ।

यसैगरी अधिकांश सांसदहरुले प्रदेश सरकारले संचार गृह संचालन गर्नेबारे निर्णय फिर्ता लिन आग्रह गरेका छन् । बिहीबार दोस्रो बैठकमा २५ भन्दा बढी सांसदहरुले बोलेका छन् ।

Exit mobile version