हेटौैंडाः क्षीर सागर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडकोे आयोजनामा वडा नम्बर ११ का पशुपालक किसानलाई औषधी सहयोग गरिएको छ । जुका, नाम्ले र लिभरटोनिक औषधी गाई र भैंसीको लागि सहयोग गरिएको टोल विकास संस्थाका अध्यक्ष देवकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
वडाबाट प्राप्त स्थानीय तहको अनुदान प्राप्त २ लाख रुपैयाँ बजेटमा औषधी वितरण गरिने बताउनुभयोे । जुन १ लाख २५ हजार रुपैयाँ सहित बराबर मूल्यको औषधी ५ सय ३० जनालाई दिने भएका छन् । आइतबार भने ४० जना किसानलाई मात्र औषधी वितरण गरिएको श्रेष्ठले बताउनुभयो ।
नवलपुर दुग्ध उत्पादक सहकारी र क्षीर सागर दुग्ध उत्पादक सहकारी गरी दुई सहकारीबाट वडाभित्रका सबै किसानलाई औषधी वितरण गरिने बताउनुभएको छ । दैनिकरुपमा १५ सय लिटर दूध उत्पादन गरिरहेका किसानहरु भएको बन्दै सहकारीको आयोजनामा पशुलाई स्वास्थ बनाउने र किसानलाई प्रोत्साहन बनाउने उद्देश्यले किसानलाई औषधी दिएको हो । जुुन यसवर्षबाट सहकारीमार्फत् औषधी वितरणमा निरन्तरता दिने श्रेष्ठले जानकारी दिनुभएको छ ।