Home कला ५० जना नवसर्जकलाई साहित्य प्रशिक्षणको अवसर

५० जना नवसर्जकलाई साहित्य प्रशिक्षणको अवसर

हेटौंडाः नवसर्जक साहित्य चौतारी नेपालका संस्थापक संरक्षक तथा साहित्यकार दिपक गौतमले थप ५० जना नवसर्जकहरुलाई साहित्य प्रशिक्षण प्रदान गर्नुहुने भएको छ । साहित्यकार गौतमले नवसर्जक साहित्य चौतारी नेपालको पहिलो वार्षिकोत्सवको अवसरमा साहित्य क्षेत्रमा रुचि भएका र प्रशिक्षण लिन इच्छुक थप ५० जनालाई निशुल्क साहित्य प्रशिक्षण प्रदान गर्ने जानकारी गराउनुभएको छ ।

अनलाइन सामाजिक सन्जाल “जुम एप” मार्फत साहित्यकार गौतमले गतवर्षको जेठदेखी देशभरका नवसर्जकहरुलाई “नवसर्जककेन्द्रित साहित्य प्रशिक्षण अभियान” मार्फत प्रशिक्षण प्रदान गर्नुहुँदै नवसर्जक साहित्य चौतारी नेपालको स्थापना गर्नुभएको थियो । नयाँ पुस्तामा साहित्यको ज्ञान र साहित्य क्षेत्रप्रति रुचि राख्न, नवसर्जकहरुमा विधागत सचेतनासहित साहित्यका सिर्जना तथा समालोचना कलम चलाउन सक्षम बनाउन यस कार्यक्रमको माध्यमबाट उत्कृष्ट रुपमा मद्दत मिलेको भन्दै अग्रज साहित्यकारहरुले समेत प्रशंसा व्यक्त गर्नुभएको थियो ।

जसअनुरुप यही जेठ ७ गते शुक्रबारबाट नवसर्जक साहित्य चौतारी नेपालकै व्यवस्थापनमा थप ५० जनालाई प्रशिक्षक कार्यक्रम को सुरुवात गरिने चौतारीका सचिव समर्पण न्यौपानेले जानकारी गराउनुभएको छ ।

Exit mobile version