Home मुख्य समाचार बिक्रीको लागि लैजादै गरेको एक सय किलो लागूऔषध गाँजा बरामद

बिक्रीको लागि लैजादै गरेको एक सय किलो लागूऔषध गाँजा बरामद

हेटौंडाः मकवानपुरमा प्रहरीले एक सय किलो लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले नामटार तर्फबाट हेटौडा तर्फ आउँदै गरेको ना २ ख ९८६२ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा ट्रकको क्याभिनको भागको हुटमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १७ वटा पोकामा लागुऔषध गाँजा बरामद गरेको हो ।

प्रहरीले ट्रकसहित ट्रक चालक काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ को ४९ वर्षीय आईते बहादुर ठाडामगर, भीमफेदी गाउँपालिका–१ स्थितबाट गाँजा ओसार पसारमा संलग्न वडा नम्बर ९ का ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका–१० का सविन भन्ने सुबिन रुम्बालाई पक्राउ गरेको छ ।

उनीहरुले गाँजा बिक्रिको लागि हेटौंडा ल्याउँदै गरेको सुचना प्रहरीले पाएलगत्तै उनीहरुको ट्रकलाई प्रहरीले चेकजाँच गरेको थियो । उनीहरुलाई आज सार्वजनिक गर्दै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

Exit mobile version