Home अर्थ/व्यापार मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन बैशाख १८ गतेलाई तय

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन बैशाख १८ गतेलाई तय

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन २०७८ साल बैशाख १८ गते हुने भएको छ । संघको बिहीबार बसेको कार्यसमिति बैठकले नयाँ मिति तय गरेको हो । संघको ५४ औं वार्षिक साधारण सभाको कार्यक्रम भने बैशाख १५ गते हुने भएको छ ।

यसअघि २०७७ चैत्र २१ गते वार्षिक सभा र २३ गते निर्वाचन कार्यक्रम तय गरेको संघले २०७७ चैत्र ८ गते स्वास्थ्य मन्त्रालयबाट जारी प्रेस विज्ञप्ति र २०७७ चैत्र ९ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी भेला, गोष्ठी, सभा, एवम् भीडभाड हुने कार्यहरु नगर्न सूचना गरेकाले स्थगित गरेको जनाएको थियो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोभिड संक्रमणको जोखिमप्रति सतर्क रहेर स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर सभा तथा निर्वाचन कार्यक्रम गर्न निर्देशन दिएपछि संघले साधारणसभा तथा निर्वाचनको मिति तय गरेको हो । तीन वर्षे कार्यकालका लागि नेतृत्व गर्न राजकुमार न्यौपाने, कृष्ण कुमार गुप्ता अग्रवाल र महेन्द्र राउतले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।

Exit mobile version