Home मुख्य समाचार सहकारी दिवसको अवसरमा खाद्यान्न र फलफुल वितरण

सहकारी दिवसको अवसरमा खाद्यान्न र फलफुल वितरण

हेटौंडाः सहकारी दिवस २०७७ को अवसरमा मकवानपुरका विभिन्न आश्रमहरुमा फलफूल र खाद्यान्न बितरण गरिएको छ । ६४ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेश स्तरीय मुल समारोह समिति २०७७ को आयोजनामा बिहिबार हेटौंडामा रहेका तीन ओटा आश्रममा फलफुल तथा खाद्यान्न खरिदका लागि १० हजार बराबरको चेक हस्तान्तरण गरिएको हो ।

खाद्यान्न खरिदको लागि श्रीमद्भागवत ज्ञान संचार वृद्धाश्रम हेटौंडा १७, दिब्यसेवा निकेतन जेष्ठ नागरिक आश्रय स्थल हेटौंडा १५, ॐ वृद्धाश्रम हेटौंडा २ मा चेक र फलफुल बितरण गरिएको हो । कार्यक्रममा सहकारी दिवस बागमती प्रदेश मुल समारोह समितिका संयोजक नारायण प्रसाद देबकोटा, बागमती प्रदेश भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयका सचिब मतिना जोशि बैध, सहकारी रजिस्ट्रार बिक्रम प्रसाद पाण्डे, बागमती प्रदेश दुग्ध बिकास बोर्डका उपाध्यक्ष टीका बल्लभ सापकोटा, जिल्ला बचत संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेब अधिकारी, जिल्ला सहकारी संघ मकवानपुरका ब्यवस्थापक गोबिन्द दाहाल, जिल्ला युवा समितिका अध्यक्ष तथा मकवानपुर जिल्ला सहकारी संघका कार्यक्रम संयोजक शिबहरि दाहाल लगायतको उपस्थिति रहेको थियो ।

सहकारी दिवस २०७७ का दिन चैत्र २० गते शुक्रबार मानब सेवा आश्रम हेटौंडा ९, मामाघर नेपाल हेटौंडा ११, राजदेबि असहाय आश्रम हेटौंडा–३ मा फलफूल र खाद्यान्न खरिदका लागि नगद हस्तान्तरण गर्ने कार्यक्रम रहेको जिल्ला सहकारी संघ मकवानपुरका ब्यवस्थापक गोबिन्द दाहालले बताउनुभयो ।

Exit mobile version