Home मुख्य समाचार नेकपा माओवादी बागमती प्रदेशको संसदीय दलको नेतामा जम्मकट्टेल चयन

नेकपा माओवादी बागमती प्रदेशको संसदीय दलको नेतामा जम्मकट्टेल चयन

हेटौंडाः नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको बैठकले दलको नेतामा शालिकराम जम्मकट्टेलाई चयन गरेको छ ।

सोमबार काठमाडौंमा बसको दलको बैठकले संसदीय दलको नेतामा पूर्व मन्त्री समेत रहनुभएका सांसद शालिकराम जम्मकट्टेलाई चयन गरेको हो । उपनेतामा कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझि र सचेतकमा प्रतिमा श्रेष्ठलाई चयन गरेको नेकपा माओवादी केन्द्रका प्रदेश सांसद युवराज दुलालले जानकारी दिनुभयो ।

संसदीय दलको बैठकले प्रदेशको मुख्यमन्त्री विरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको छ । अब नेकपा माओवादी प्रमुख विपक्षीको भूमिकामा रहने सांसद दुलालले जानकारी बताउनुभयो ।

Exit mobile version