Home खेलकुद स्थानीय तह सहिद स्मृति गोल्डकपमा मच्छिन्द्र सेमिफाइनल प्रवेश

स्थानीय तह सहिद स्मृति गोल्डकपमा मच्छिन्द्र सेमिफाइनल प्रवेश

हेटौंडाः हेटौँडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा मच्छिन्द्र क्लब प्रवेश गरेको छ । सोमबार संकटा क्लबलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्र सेमिफाइनल प्रवेश गरेको हो ।

खेलमा मच्छिन्द्रका राजेश परियारले गरेको एक गोल नै निर्णायक बन्यो । म्यान अफ दी म्याच घोषित हुँदै उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामाले म्यान अफ दी म्याचको पुरस्कार प्रदान गरेका हुन् ।

हारसँगै संकटा क्लब प्रतियोगिताबाट बाहिरिएको छ । क्लबको हारसँगै टिम म्यानेजर राजेश तुलाधरले खेलाडीहरुले मैदान भित्र आफ्नै ढंगले खेल खेल्दा हार बेर्होनुपरेको प्रतिक्रिया दिए । उनले सोमबारको खेल दुवै टिमको बराबरी भएपनि गोल गर्न नसकेको बताए । विदेशी खेलाडीले पनि राम्रो खेल्न नसकेको उनको भनाई छ ।

यस्तै विजेता मच्छिन्द्रका टिम प्रशिक्षक प्रवेश कटुवालले खेल जित्दा आफु सन्तृष्ट रहेको बताए । अन्य खेलाडीहरु अरु खेलमा व्यस्त हुँदा छोटो समयमा अहिलेको टिम राम्रो बनेकोे बताए । उनले आगामी खेलमा केही खेलाडीहरु थप गर्ने जानकारी दिए ।

हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगितमा मच्छिन्द्रको जितसँगै ३ वटा टिम सेमिफाइनल प्रवेश गरेको छ । मकवानपुर–११, नेपाली आर्मी क्लब यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

अब मंगलबार अन्तराष्ट्रिय क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) र बागमती युवा क्लब सर्लाहीबिच सेमिफाइनल प्रवेश गर्न प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा चैत्र ४ गतेबाट सेमिफाइनल खेल सुरु हुनेछ भने चैत्र ७ गते फाइनल खेल हुनेछ ।

Exit mobile version