Home खेलकुद हेटौंडामा स्थानीय तह सहिद स्मृति गोल्डकप सुरु, उद्घाटन खेलमा मकवानपुर–११ विजयी

हेटौंडामा स्थानीय तह सहिद स्मृति गोल्डकप सुरु, उद्घाटन खेलमा मकवानपुर–११ विजयी

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबारबाट स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । खेलको राष्ट्रिय कलाकार तथा धुर्मुश–सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले उद्घाटन गरेका हुन् ।

उनले खेल क्षेत्रलाई विकास गर्न अन्तराष्ट्रिय स्तरको बहुउपयोगि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला यही बैशाखबाट सुरु गर्नेगरी काम भइरहेको जानकारी दिए । उनले रंगशालाई अझ व्यवस्थित बनाउनको निम्ती सबैलाई सहयोग गर्न आग्रह गरे ।

प्रतियोगिताको उद्घाटन खेलमा रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ ले विजयी सुरुवात गरेको छ । सिमराको नव जनजागृती युवा क्लबलाई ४–१ गोलअन्तरले हराउँदै मकवानपुर–११ विजयी बनेको हो ।बिहीबार भएको खेलको म्यान अफ दी म्याच मकवानपुर–११ का विमल राना घोषित भए । उनले २ गोल गरेका थिए । यस्तै मकवानपुर ११ का रञ्जन विष्ट र अमिर श्रेष्ठले एक एक गोल गरे ।

सिमराका मोहित गुरुङले खेलमा १ गोल फर्काएपनि खेल जित्न सकेन् । हारसँगै नव जनजागृती युवा क्लब सिमरा प्रतियोगिताबाट बाहिरिएको छ ।

अब शुक्रबार दिउँसो २ बजे नेपाली आर्मि क्लब र जावलाखेल युथ क्लब काठमाडौंबिच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १० लाख, उपविजेताले नगद ५ लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले ३५० सिसीको बुलेट बाइक प्राप्त गर्नेछन् ।

हेटौंडा स्कूल अफ म्यानेजमेन्टले सर्वोत्कृष्ट खेलाडीको लागि बुलेट बाइकको प्रायोजन गरेको हो ।

Exit mobile version