Home मुख्य समाचार नेकपा (ओली समूह) को गढी अध्यक्षमा जीतबहादुर

नेकपा (ओली समूह) को गढी अध्यक्षमा जीतबहादुर

जीतबहादुर घिमिरे

हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको मकवानपुरगढी गाउँ कमिटीको अध्यक्षमा जीतबहादुर घिमिरे चयन हुनुभएको छ ।

शुक्रबार मकवानपुरगढी–६, डुम्रेकुनामा भएको गाउँ भेलाले घिमिरेलाई अध्यक्ष चयन गरेको नेकपा (ओली समूह) मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिनुभएको छ । नेकपा ओली समूहले घिमिरेलाई अध्यक्षमा चयन गरे पनि पार्टी सचिव भने चयन गरेको छैन ।

यस्तै नेकपा ओली समूहले शुक्रबार हेटौंडा उपमहानगरसहित थाहा नगर, कैलाश गाउँपालिका र ईन्द्रसरोवर गाउँपालिकामा पनि वडास्तरीय भेला तथा वडा कमिटी गठन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ । अब क्रमशः पालिका र वडा तहमा पार्टी कमिटी गठनको कार्य व्यापक रुपमा हुने अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।