हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको मकवानपुरगढी गाउँ कमिटीको अध्यक्षमा जीतबहादुर घिमिरे चयन हुनुभएको छ ।
शुक्रबार मकवानपुरगढी–६, डुम्रेकुनामा भएको गाउँ भेलाले घिमिरेलाई अध्यक्ष चयन गरेको नेकपा (ओली समूह) मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिनुभएको छ । नेकपा ओली समूहले घिमिरेलाई अध्यक्षमा चयन गरे पनि पार्टी सचिव भने चयन गरेको छैन ।
यस्तै नेकपा ओली समूहले शुक्रबार हेटौंडा उपमहानगरसहित थाहा नगर, कैलाश गाउँपालिका र ईन्द्रसरोवर गाउँपालिकामा पनि वडास्तरीय भेला तथा वडा कमिटी गठन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ । अब क्रमशः पालिका र वडा तहमा पार्टी कमिटी गठनको कार्य व्यापक रुपमा हुने अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।