Home अर्थ/व्यापार बागेश्वरी महिला सहकारीको साधारणसभा सुरु

बागेश्वरी महिला सहकारीको साधारणसभा सुरु

हेटौंडाः हेटौंडा–११, नवलपुरस्थित बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच साधारणसभा तथा निर्वाचन कार्यक्रमको सुरुवात गरिएको हो ।

मंसिर १७ गतेसम्म सदस्यले सहभागिता जनाउन सक्ने साधारणसभाको उद्घाटन कार्यक्रममा सहकारीकी अध्यक्ष शर्मिला श्रेष्ठको अध्यक्षता तथा ११ नम्बर वडा सदस्य जुना दाहालको प्रमुख आतिथ्य रहेको थियो । दुई हजार तीन सय ९० सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी एक करोड ७४ लाख ४६ हजार रुपैयाँ रहेको छ । यस्तै सहकारीको बचत १३ करोड १३ लाख ७७ हजार रुपैयाँ रहेको छ भने आठ सय चार जना सेयर सदस्यलाई १२ करोड ९७ लाख ६७ हजार रुपैयाँ ऋण लगानी गरेको अध्यक्ष शर्मिला श्रेष्ठले जानकारी दिनुभएको छ । सहकारीको कार्यालय परिसरमै भएको उद्घाटन कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका व्यवस्थापक गोविन्द दहाल, ग्रामीण महिला सेवा केन्द्र मकवानपुरकी सचिब अचला शर्मा, लेखा संयोजक सीता सापकोटाको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version