Home मुख्य समाचार मगर संघ मकवानपुरले स्थापना दिवस मनाउने

मगर संघ मकवानपुरले स्थापना दिवस मनाउने

स्थापना दिवस मनाउने जनारी दिदैं मगर संघ मकवानपुरका सचिव भुपेन्द्र राना मगर

हेटौंडा: नेपाल मगर संघ मकवानपुरले स्थापना दिवस मनाउने भएको छ । शनिबार हेटौंडामा पत्रकार सम्मलेन गर्दै मगर संघ मकवानपुरका सचिव भुपेन्द्र राना मगरले बिहीबार ४३ औं स्थापना दिवस मनाउन लागेको जानकारी दिनुभएको छ ।

मगर संघ मकवानपुर स्थापना भएको ४२ औं वर्ष पूरा भएको अवसरमा हेटौंडा–४ स्थित हुप्रचौरमा स्थापना दिवसमा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको सचिव राना मगरले बताउनुभयो । सो अवसरमा खाना महोत्सवसमेत गर्ने उहाँले जानकारी दिनुभयो ।

हेटौंडाको बुद्धचोकमा भेला भएर र्याली आयोजना गरिने उहाँले बताउनुभयो । हेटौंडाको सीमाचोक, शितलमहल चोक हुँदै हुप्रचौरमा पुगेर कार्यक्रम सुरु गर्ने उहाँले बताउनुभयो । र्याली प्रदर्शनी, सोरठी, कौडा, सालैजो र घाटु नाचका साथै मगर परिकार बिक्री तथा प्रदर्शनी गर्दै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने उहाँले बताउनुभयो । मकवानपुर जिल्लामा करिब २३ हजार जनसंख्या मगर समुदायको रहेको उहाँले बताउनुभयो ।

सांस्कृतिक कार्यक्रमका लागि १९ वटा समिति, १८ वटा मगर गुठी, ५ भातृ संगठन, बौद्ध सेवा समाज संस्था, १० स्थानीय तहबाट आर्थिक सहयोग प्राप्त हुने उहाँले बताउनुभयो ।