प्रदेश प्रमुख देपकोटासँग प्रदेश लोकसेवा आयोगको अध्यक्षको नियुक्ति बुझ्नुहुँदै श्रेष्ठ ।

हेटौँडाः बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त हुनुभएको छ । आइतबार बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बागमती प्रदेशको लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठलाई नियुक्त गर्नुभएको हो ।

गण्डकी प्रदेशको नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ निवासी श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा १ बमोजिम गठित सिफारिस समितिको सिफारिसतमा दफा ४ को उपदफा २ बमोजिम आयोगको अध्यक्षमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयका कानुन अधिकृत प्रकाश चापागाईले आइतबार एक विज्ञप्ति जारी गर्नुहुँदै लोकसेवा आयोग अध्यक्ष नियुक्तिको जानकारी गराउनुभएको हो ।

श्रेष्ठले गत शुक्रबार मात्रै लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तालिम केन्द्रबाट अनिवार्य अवकास पाउनुभएको हो । निजामति सेवाको सहसचिव (११औं तह) बाट अनिवार्य अवकास पाए लगत्तै श्रेष्ठले प्रदेश सरकारको लोकसेवा आयोगको अध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी पाउनुभएको हो । श्रेष्ठ बागमती प्रदेश सरकार मातहतको स्वास्थ्य निर्देशकको रुपमा पनि काम गर्नुभएको थियो ।

महेश्वर श्रेष्ठलाई लोकसेवा आयोगको अध्यक्ष नियुक्त गरिएको विषय जानकारी गराउन प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्ति ।