Home मुख्य समाचार पालुङ पुलबाट लड्दा विष्ट घाइते

पालुङ पुलबाट लड्दा विष्ट घाइते

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा पुलबाट लडेर एक पुरुष घाइते भएका छन् । थाहा–४ स्थित चम्पाडाँडाका ४३ वर्षीय वासुराम विष्ट पालुङ पुलबाट लडेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

आइतबार साँझ ५ बजेर ४० मिनेटको समयमा थाहा–३, थानाबजारस्थित उक्त पुलबाट २५ फिट तल खोलामा खस्दा विष्ट घाइते भएको हो । पुलबाट लडेर विष्ट घाइते भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटिएर उनलाई उपचारका लागि स्वास्थ्य केन्द्र पालुङमा पु¥याइएको थियो । त्यहाँ सामान्य उपचार पश्चात थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । विष्टको बाँया खुट्टामा चोटमा चोट लागेको र स्वास्थ्य अवस्था मध्यम रहेको जनाएको छ ।