Home मुख्य समाचार रेडक्रसका संस्थापक हेनरी ड्युनासन्दर्भः विश्व रेडक्रस दिवस

रेडक्रसका संस्थापक हेनरी ड्युनासन्दर्भः विश्व रेडक्रस दिवस

उर्मिला जिम्बा कक्षा–५, बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, हेटौँडा–२

अन्तर्राष्ट्रिय स्वयम्सेवी संस्था रेडक्रसका संस्थापक जाँ हेनरी ड्युना हुन् । हेनरी ड्युनाको जन्म सन् १८२८ मे ८ मा स्विट्जरल्यान्डको जेनेभामा भएको थियो । माता एन्टोनिटी ड्युना र पिता जिन्जाक्स ड्युनाका सन्तान थिए हेनरी । समाजसेवी, लेखक र उद्योगपति ड्युनाले विश्वमा युद्धबाट घाइते भएका सैनिकहरूका लागि उपचार सहयोग पु¥याउने उद्देश्यले पवित्र संस्था विश्व रेडक्रस संस्थाको स्थापना गरे । विश्व रेडक्रस संस्थाको स्थापना सन् १८६३ अक्टोबर २० मा भयो ।

हेनरी ड्युनाले युद्धहरूबाट घाइते भएका सैनिकहरूलाई मद्दत पु¥याउने उद्देश्यले स्थापना गरेका यस संस्थाले अन्य थुप्रै कामहरू पनि गर्ने गरेको छ । गरिब दुःखी मानिसहरूको आर्थिक अवस्थामा सहयोग, बाढी–पहिरो आगलागी दुर्घटनामा परेका पीडित व्यक्तिहरूको सहयोग गर्ने काम यस संस्थाले गर्दै आएको छ । हेनरी ड्युनाले देखेका युद्धहरूको बारेमा वर्णन गर्दै सेल्फेरिनोको स्मृति भन्ने पुस्तक पनि लेखेका छन् । हेनरी ड्युनाको पहलमा युद्धमा घाइते भएका सैनिकहरूको उद्दारका लागि विश्वका धेरै देशहरूमा रेडक्रस संस्थाको स्थापना भएको थियो । हालसम्म विश्वका १९७ वटा देशहरूमा रेडक्रस संस्था स्थापना भएको छ ।

विद्यालयस्तरमा समेत जुनियर रेडक्रस सर्कलको स्थापना गराएर रेडक्रसको सात आधारभूत सिद्धान्त मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वेच्छिक सेवा, एकता र विश्व व्यापकतालाई स्वास्थ्य, सरसफाई, खानेपानी, वृक्षरोपण लगायतका कामहरू गर्दै बढीभन्दा बढी स्वयम्सेवकहरू तयार गरी शान्ति स्थापनाको काम र जीवन रक्षाको काम गर्दै आइरहेको छ । विश्वमा पवित्र संस्थाको स्थापना गराएर मानव सेवाका लागि समर्पित भएका कारण हेनरी ड्युनालाई विश्व नोवेल शान्ति पुरस्कारले सम्मान गरिएको थियो । उनी नोबल शान्ति पुरस्कार पाउने स्विट्जरल्याण्डका पहिला व्यक्ति थिए ।