योगसम्बन्धी पुनर्ताजगी तालिममा सहभागी योग शिक्षकहरु ।

हेटौंडाः पतन्जली योग जिल्ला समिति मकवानपुरले योग शिक्षकहरुका लागि तीन दिवसीय पुनर्ताजगी तालिमको आयोजना गरेको छ । बुधबारबाट सुरु भएको तालिममा ५० भन्दा बढी योग शिक्षकहरु सहभागी छन् । हेटौंडा–४ स्थित पशुपति सभाहलमा केन्द्रीय प्रभारी (अध्यक्ष) लवदेवले पुनर्ताजगी तालिम सञ्चालत गर्नुभएको छ ।

योगसम्बन्धी पुनर्ताजगी तालिममा सहभागी योग शिक्षकहरु ।

मकवानपुर जिल्लामा ३ सय भन्दा बढी संख्यामा योग शिक्षकहरु हुनुहुन्छ । हरेक दिन बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म शिक्षकहरुका लागि पुनर्ताजगी तालिमको आयोजना गरिएको पतन्जली योग जिल्ला समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभएको छ । योग शिक्षकका लागि पुनर्ताजगीसँगै विभिन्न संघ, संस्थाका पदाधिकारी तथा सदस्यका लागि योग शिक्षा, प्रणायाम तथा आहार विहारसम्बन्धी अभिमुखीकरण समेत सञ्चालन गरिने थापाले जानकारी दिनुभएको छ ।

लेखापढी व्यवसायी संघ मकवानपुर, सशस्त्र पहरी बल, महिला स्वास्थ्य स्वयम्सेविका, आमा समूह, टोल विकास संस्था नगर समन्वय समिति, सर्वोत्तम सन्चिती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पदाधिकारी तथा सदस्यलाई अभिमुखीकरण गरिने छ ।