हेटौंडाः शनिबार हेटौंडा—९ मा रहेको मानवसेवा आश्रमले ११ वर्षपछि गोत्री सहनीको पारिवारिक पुनर्मिलन गराएको छ । छिमेकी देश भारतको उत्तर प्रदेश सनत कविर जिल्ला मेदावल प्रन्चायत घर भएकी करिव ३१ वर्षीय सहनीको आश्रमले पारिवारिक पुनर्मिलन गराएको हो ।
भारतको उत्तर प्रदेश सनत कविर जिल्ला मेदावल प्रन्चायत निवासी सहनीकी दिदी बबिरा सहनीलाई गोत्री जिम्मा लगाईएको छ । ११ वर्षदेखि परिवारबाट सम्पर्क विहीन रहेकी सहनीलाई २ वर्षअघि नवलपरासी जिल्लाको सरावर गाउँपालिकाबाट बेवारिसे अवस्थामा उद्दार गरिएको मानवसेवा अभियानका अभियन्ता इशा थापाले जानकारी दिनुभयो । मनोरोगी कारण सहनी सडकमा आएकी आश्रमले जनाएको छ ।
मानवसेवा आश्रमले उद्दार गरेको २ वर्षपछि घर र परिवारको बारेमा सहनीले बताएपछि पारिवारिक पुनर्मिलन गराउन सकिएको थापाले जानकारी दिनुभयो । एक वर्षको छोरा हुँदा सहनी परिवारबाट सम्पर्क विहीन भएकी थिईन् । अहिले छोरा १२ वर्षको भइसकेको छ भने श्रीमानको मृत्यु भइसकेको जनाएको छ । हालसम्म मानवसेवा अश्राम हेटौंडाले ७ सय ५७ जनाको पारिवारिक पुनर्मिलन गराएको छ ।