Home मुख्य समाचार सुनाचुरीमा एक युवकको शव फेला

सुनाचुरीमा एक युवकको शव फेला

गुगल तस्विर ।

हेटौंडाः मनहरी गाउँपालिकाको सुनाचुरीमा एक युवकको शव फेला परेको छ । शव जंगलमा खोल्सा जस्तो स्थानमा फेला परेको छ । शव मनहरी–६ सुनाचुरी बस्ने १६ वर्षिय सुरेश लामा रहेको प्रहरीले जनाएको छ ।

मृतकको शरिरमा कुनैपनि किसिमको चोटपटक नरहेको र सामान्य अबस्थामा भेटिएको छ । प्रहरीको टोलीले शव फेला परेको स्थानमा अनुसन्धान गरिरहेको जनाएको छ ।