Home मुख्य समाचार कैलाश–१० मा सूर्य बहादुरको प्यानल विजयी

कैलाश–१० मा सूर्य बहादुरको प्यानल विजयी

कैलाश गाउँपालिकाको भवन ।

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० को वडाध्यक्षमा नेकपा एमालेका सूर्य बहादुर ब्लोनको प्यानल नै विजयी भएको छ । हिजो शनिबार साँझ सार्वजनिक मतपरिणाम अनुसार ४ सय ३३ मतसहित ब्लोन विजयी भएका हुन् ।

ब्लोनका प्रतिस्पर्र्धी नेपाली काङ्ग्र्रेसका उम्मेदवारले ३ सय ५५ मत, माओवादी केन्द्रका उम्मेदवारले ४ सय १ मत प्राप्त गरे । वडामा १ हजार ४ सय १८ मत खसेको थियो ।