हेटौंडाः २ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–३ बसामाडीका ३३ वर्षीय अशोक विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
सोमबार दिउँसो १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर विकले घरमा लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला पारी उनलाई पक्राउ गरको प्रहरीले जनाइएको छ । विकलाई गाँजासहित नियन्त्रणमा लिइ मंगलबार जिल्ला अदालत मकवानपुरबाट ५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रिमालले बताउनुभयो ।