फाइल तस्बिर ।

हेटौंडाः आइतबार हेटौंडामा १ सय ३५ जनाको स्वाब संकलन गरिएको छ ।

हेटौंडा–१० स्थित गोरक्षश्वर स्वाब संकलन केन्द्रबाट आइतबार १ सय ३५ जनाको स्वाब नमूना संकलन गरिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

आइतबार बिहान ५६ जना महिला र ७९ जना पुरुषको स्वाब नमूना संकलन गरेर हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा कोरोना परीक्षण गर्न पठाइएको उहाँले बताउनुभयो ।