हेटौंडाः मकवानपुरमा कोभिडको जोखिम नियन्त्रण गर्न जारी निषेधाज्ञा सोमबार राति १२ बजे सकिदैछ ।तर मंगलबारदेखि निषेधाज्ञा कायम रहन्छ या हट्छ भन्ने अन्यौल रहेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सुचना अधिकारी देवचन्द्र गत्तौलाका अनुसार यसबारे सोमबार निर्णय हुने भएको छ । थप एक हप्ता निषेधाज्ञा गर्नेबारे छलफल भएपनि निर्णय भने नभएको उहाँले बताउनुभयो ।