हेटौंडाः बागमती प्रदेश सभा अर्का सुचना नभएसम्मको लागि स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । आगामी आर्थिक वर्ष ०७८/७९ को वार्षिक बजेट प्रस्तुत भएसँगै दोस्रो पटक बैठक बसेको थियो ।
दोस्रो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले राजश्व र व्यवयको वार्षिक अनुमान, मध्यकालिन खर्च संरचना सहित वार्षिक बजेटको बक्तव्यको प्रति टेबल गर्नुभएको थियो ।
उहाँले प्रदेश सभामा प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक र सरकारको चैमासिक प्रगति प्रतिवेदन चैत्र महिनासम्मको पेश गर्नुभएको छ ।