Home मुख्य समाचार मानवअधिकार आयोग बागमती प्रदेशको वार्षिक गतिविधि पुस्तक विमोचन, आयोगमा ६८ वटा उजुरी

मानवअधिकार आयोग बागमती प्रदेशको वार्षिक गतिविधि पुस्तक विमोचन, आयोगमा ६८ वटा उजुरी

वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुहुँदै बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ ।

हेटौंडाः राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयले वार्षिक गतिविधि पुस्तक २०७७ को विमोचन गरिएको छ । बिहीबार बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले वार्षिक गतिविधि विमोचन गर्नुभएको हो । जुम मार्फत आयोजना गरिएको कार्यक्रममा प्रदेश भित्र आर्थिक वर्ष २०७६-७७ मा कुल ६८ वटा मानवअधिकार उल्लङ्घनका उजुरीहरु परेको र बढी उजुरीहरु काठमाडौं जिल्लाबाट प्राप्त भएको विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा सभामुख सानुकुमार श्रेष्ठले नेपालको संविधानले मानव अधिकारका विषयहरुमा सम्बोधन गरे पनि सरकारले कार्यान्वयनको पाटो बलियो बनाउन नसकेको बताउनुभएको छ । जनताको चेतनाको स्तर विकास गर्न सरोकारवाला निकायले ध्यान पुर्‍याउन सके मानवअधिकार उल्लङ्घनका घटनामा उल्लेख्यनीय कमी आउने उहाँले बताउनुभयो । बागमती प्रदेशमा मानवअधिकार उल्लङ्घनका घटनाहरुमा कमि आएको बताइएको छ । राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको हो ।