Home कला बालजागृतिमा नवसर्जककेन्द्रित गजल प्रशिक्षण

बालजागृतिमा नवसर्जककेन्द्रित गजल प्रशिक्षण

गजल प्रशिक्षणमा सहभागी विद्यार्थी । सहजीकरण गर्नुहुँदै देवराज तिवारी ।

हेटौँडा : नवसर्जककेन्द्रित गजल प्रशिक्षण कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ । शनिबार गजल मञ्च मकवानपुरको आयोजनामा २३० औँ गजल यात्राको रुपमा हेटौँडा–२ स्थित बालजागृति इङ्लिस सेकेन्डरी स्कूलमा प्रशिक्षण कार्यक्रम भएको हो ।

प्रशिक्षण कार्यक्रममा गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष एवम् सल्लाहकार देवराज तिवारीले सहजीकरण गर्नुभएको हो । प्रशिक्षणमा बालजागृतिका विद्यार्थी मात्रै सहभागी थिए । प्रशिक्षणमा सहभागी विद्यार्थीलाई गजल लेखन र वाचन गर्न लगाइएको थियो । कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष डिबि बर्तौला, बालजागृतिका शिक्षिका रजनी पौडेल, स्वस्तिका दहाल र हरि पौडेलले पनि गजल वाचन गर्नु भएको थियो ।

गजल मञ्च मकवानपुरका अध्यक्ष संजित श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार मुक्तिगोविन्द वैद्य, साहित्य संगम मकवानपुरका पूर्व अध्यक्ष एवम् सल्लाहकार डा. निमेष निखिल, बालजागृति इंग्लिस सेकेण्डरी स्कूल व्यवस्थापन समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको पनि आतिथ्य रहेको थियो ।

Exit mobile version