Home मुख्य समाचार मकवानपुरका २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

मकवानपुरका २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडाका २३ सहित मकवानपुर जिल्लाका २६ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापना गरिएको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा आज हेटौंडा उपमहानगरपालिकाका स्थायीबासी १८, हेटौंडास्थित विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी ५ जना र मकवानपुर जिल्लाका विभिन्न पालिकाका ३ सहित कुल २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

साउन २९ र ३० गते सङ्कलन गरिएको स्वाबको नमूना परीक्षण गर्दा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ५ जना, वडा नम्बर ५ का ३ जना, वडा नम्बर ६ का १ जना, वडा नम्बर २ का १ जना, वडा नम्बर १ का १ जना, वडा नम्बर ८ का १ जना, वडा नम्बर १० का २ जना, वडा नम्बर ११ का २ जना र वडा नम्बर १२ का २ जना रहेका छन् । त्यस्तै मकवानपुरगढी गाउँपालिकाका २ जना र बागमती गाउँपालिकाका १ जना रहेका छन् । उनीहरु मध्ये हेटौंडा १ का एकजना स्वास्थ्यकर्मी रहेको पाइएको छ ।

हेटौंडाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुमध्ये दैलेख, काठमाडौं, पाल्पा, भक्तपुर र पर्सा जिल्लाका १/१ जनामा सङ्क्रमण पुष्टि भएको हेटौंडास्थित आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । यसअघि हिजो सोमबार पनि बागमती प्रदेशकी उपसभामुख राधिका तामाङसहित १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । हिजो पहिचान भएका सङ्क्रमित मध्ये ८ जना प्रहरी थिए ।

Exit mobile version