हेटौँडा : रोयल इन्फिल्डको नयाँ मोडलको मेटियोर–३५० शुक्रबार सार्वजनिक गरिएको छ । देशव्यापी सार्वजनिक गर्ने क्रममा हेटौँडामा ओम अटोमोवाइल्सले मेटियोर सार्वजनिक गरेको हो । रोयल इन्फिल्डर्सको हेटौँडाका लागि आधिकारिक विक्रेता ओम अटोमोवाइल्सका प्रबन्ध निर्देशक दिविश जोशीले जानकारी दिनुभयो ।
रोयल इन्फिल्डर्सहरुको क्लब हेटौँडा इन्फिल्डर्स मकवानपुरका अध्यक्ष राजक शाही र लेजेन्ड इन्फिल्डर्सका अध्यक्ष पारशमणि थिङले संयुक्तरुपमा मेटियोरलाई सार्वजनिक गर्नुभएको हो । मेटियोर ४ वटा भेरियन्ट तथा ७ वटा रंगमा रहेको बताइएको छ । मेटियोर ५ लाख ७७ हजारदेखि ५ लाख ९७ हजार मूल्यसम्म रहेको बताइएको छ । लक्जरी यात्राका लागि थप सुविधासहित मेटियोर तयार पारिएको कम्पनिले दावी गरेको छ ।









