Home मुख्य समाचार हेटौँडा उपमहानगरबाट सेवानिवृत्त कर्मचारी संगठित, भोजमानको नेतृत्वमा तदर्थ समिति

हेटौँडा उपमहानगरबाट सेवानिवृत्त कर्मचारी संगठित, भोजमानको नेतृत्वमा तदर्थ समिति

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाबाट सेवानिवृत्त भएका कर्मचारीहरु संगठित भएका छन् । सोमबार हेटौँडामा भएको एक भेलाले भोजमान श्रेष्ठको सयोजकत्वमा ‘स्थानीय तह सेवानिवृत्त कर्मचारी समाज हेटौँडा’ गठन गरेको छ ।

श्रेष्ठको संयोकत्वमा गठन गरिएको तदर्थ समितिमाले १५ दिन भित्र बृहत भेलाको आयोजना गरी समाजको विधानलाई अन्तिम रुप दिने निर्णय भएको छ । तदर्थ समितिको सह–संयोजकमा विन्द्रलाल श्रेष्ठ, सचिवमा ध्रुव भुजेल, सहसचिवमा सीता स्याङ्तान, कोषाध्यक्षमा नकुल अधिकारी चयन हुनुभएको छ । सदस्यमा बीके महर्जन, टिका कँडेल, केशव देवकोटा, रामकृष्ण थापा, डिल्लीराम पोखरेल, लक्ष्मी रेग्मी रहनुभएको छ । भेलाले शंकर उपाध्याय र बिष्णुगोपाल महर्जनलाई सल्लाहकार चयन गरेको छ ।

Exit mobile version