हेटौँडा : हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको खेलमैदानमा २३ वर्ष भन्दा कम उमेर समूहको ७ ए साइड फुटबल प्रतियोगितामा बुधबार तीन खेल भएको छ । बुधबार भएको खेलमा जोकर फुटबल क्लब, ब्वाइज फुटबल क्लब र वडा ५ समीटले जित निकालेको छ ।
जोकर फुटबल क्लबले हेटौँडा फुटबाल एकेडेमीलाई ३–० ले पराजित गरेको छ । बुधबार भएको दोस्रो खेलमा ब्वाइज फुटबाल क्लबले टिम अन्डर रेटेडलाई २–१ गोलअन्तरले पराजित गरेको छ । फुटबाल क्लब नयावस्तीलाई वडा ५ समीटले ४–३ गोलअन्तरले पराजित गरेको हो । खेलको निर्धारित समयसम्म पनि समान १–१ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो । पेनाल्टीमा ४–३ गोलअन्तरले वडा ५ समीटले जित निकालेको हो ।
आयोजक समितिका सदस्य विष्णु माझीका अनुसार बिहिबार बिहान ८ बजे समाज कल्याण युवा क्लब र युवा क्लब पुनेसले खेल्ने छ भने दिउँसो ३ बजे द योङ्ग ब्लड र थामी टोल खेल्ने छ । चैत २९ गते फाइनल खेल हुनेछ । प्रतियोगितामा २८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले ३० हजार, उपविजेताले १५ हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
