Home मुख्य समाचार हेटौँडा–१३ का मीनबहादुर हेटौँडा–९ मा मृत भेटिए

हेटौँडा–१३ का मीनबहादुर हेटौँडा–९ मा मृत भेटिए

हेटौँडा ः हेटौँडा–१३ का ६२ वर्षीय मीनबहादुर बल हेटौँडा–९ स्थित हेटौँडा सिमेन्ट उद्योग नजिकैको नालामा मृत भेटिएका छन् ।

बुधबार साँझ ६ बजेको समयमा मीनबहादुर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर शवलाई पोष्टमार्टमका लागि हेटौँडा अस्पताल पठाएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Exit mobile version