Home मुख्य समाचार विहे भोज खान गएका नरबहादुरको भिरबाट लडेर मृत्यु

विहे भोज खान गएका नरबहादुरको भिरबाट लडेर मृत्यु

हेटौँडाः रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–१ मा भिरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा राजभिरका ६२ वर्षीय नरबहादुर नेवार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

नरबहादुर शनिबार विवाह भोज खान गएका थिए । नरबहादुर रातीसम्म घर नआएपछि आफन्त र छरछिमेकीले खोजी गर्ने क्रममा आइतबार दिउँसो २ बजेको समयमा विवाह घर छेउमा रहेको भुत्ते भिरबाट १५० मिटर तल खसेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि मन्थली अस्पताल लगिएको छ ।

Exit mobile version