Home मुख्य समाचार बारा प्रहरीद्वारा विभिन्न मुद्दाका फरार ६ जना पक्राउ

बारा प्रहरीद्वारा विभिन्न मुद्दाका फरार ६ जना पक्राउ

सांकेतिक तस्वीर ।

हेटौँडाः विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारामातहतको ईलाका प्रहरी कार्यालय कवहीगोठ, सिम्रौनगढ, निजगढ, अस्थायी प्रहरी पोष्ट गंगापुर र प्रहरीचौकी मटिअर्वाबाट खटिएको प्रहरी इकाईले विभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको हो ।

चेक अनादर मुद्दामा फरार रहेका ३ जना, हातहतियार खरखजाना मुद्दामा फरार १ जना, सवारी ज्यान मुद्दामा फरार १ जना र लागूऔषध मुद्दाका फरार १ जनालाई बुधबार र बिहीबार लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएर जिल्ला अदालतमा पेश गरेको छ । चेक अनादर मुद्दामा फरार रहेका सुवर्ण गाउँपालिका–२ का राजिव यादवलाई १ हजार रुपैयाँ, सोही गाउँपालिकाकै धर्मविस यादवलाई ५ सय रुपैयाँ र सिम्रौनगढ नगरपालिका–८ का अनुरु कुमार यादवलाई १ हजार रुपैयाँ जरिवाना हुने गरी जिल्ला अदालत बाराले सजाय सुनाएको थियो ।

यस्तै, हातहतियार मुद्दामा फरार रहेका मंललाल भन्ने मंगल बहादुर पाख्रिनलाई ५ हजार रुपैयाँको जरिवाना र ३ महिनाको कैद, कलैया उपमहानगरपालिका–१८ का सवारी ज्यान मुद्दामा फरार श्याम कुमार बैठालाई १ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद तथा कलैया–१२ का लागूऔषध मुद्दामा फरार रहेका मनोज साहलाई २० दिनको कैद सजाय हुने गरी फैसला गरेको थियो ।

Exit mobile version