Home मुख्य समाचार श्रीमानले दाउरा प्रहार गर्दा अनिता घाइते

श्रीमानले दाउरा प्रहार गर्दा अनिता घाइते

हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका–४, चिउरी बगैँचामा श्रीमानले दाउरा प्रहार गर्दा ३९ वर्षीया अनिता गुरुङ बानियाँ घाइते भएकी छिन् । शनिबार बेलुका ७ बजेर ३० मिनेटको समयमा ३१ वर्षीय समीर बानियाँले श्रीमति अनितामाथि दाउरा प्रहार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

घरायसी विषयलाई लिई झै–झगडा हुँदा समिरले अनिताको टाउकोमा दाउराले हानेका थिए । दाउरा प्रहारबाट अनिता गम्भीर घाइते भएकी छिन् । घाइते अनितालाई उपचारका लागि हेटौँडा अस्पताल पु¥याइएकोमा सामान्य उपचार पश्चात थप उपचारका लागि सिएमसी चुरेहिल अस्पताल लगिएको छ । अनिताको टाउको र शरीरको विभिन्न भागमा भित्री चोट रहेको प्रहरीले जनाएको छ । प्रहरीले समीरलाई नियन्त्रणमा लिएको छ ।

Exit mobile version