Home मुख्य समाचार बालमैत्री हेटौँडा–४ मा माग्दै हिँडेका १८ जना बालबालिकाको उद्दार

बालमैत्री हेटौँडा–४ मा माग्दै हिँडेका १८ जना बालबालिकाको उद्दार

हेटौँडाः बालमैत्री वडा घोषणा गरिएको हेटौँडा–४ मा माग्दै हिँडेका हेटौँडा उपमहानगरपालिकाको नगरप्रहरीले १८ जना बालबालिकालाई उद्दार गरेको छ । बिहिबार उद्दार गरिएका १५ बालक र ३ बालिकालाई सिविन बाल हेल्पलाईन हेटौँडामा राखिएको छ ।

उद्दार गरिएका बालबालिकाहरु बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिकाको अमलेखगंजस्थित बौद्ध गुम्बामा आश्रित भएको बुझिएको छ । बालबालिकालाई माग्ने काममा लगाएको भन्दै श्रम कार्यालय हेटौँडाले गुम्बालाई जरिवाना गराउने बताइएको छ । बालबालिकालाई उद्दार गरे लगत्तै श्रम कार्यालय, हेटौँडा उपमहानगरपालिका, सिविन बाल हेल्पलाईन हेटौँडा, प्रहरी प्रतिनिधिको सहभागितामा वैठक बसी आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइने बताइएको छ ।

Exit mobile version