Home मुख्य समाचार मनहरीमा तास खेलिरहेका ८ जना पक्राउ

मनहरीमा तास खेलिरहेका ८ जना पक्राउ

हेटौँडाः मकवानपुर प्रहरीले मनहरीमा तास खेलिरहेका ८ जनालाई नगदसहित पक्राउ गरेको छ । बुधबार राती १२ बजेको समयमा मनहरी गाउँपालिका–६, भुलचोकबाट प्रहरीले नगद ४५ हजार ५ सय ४५ रुपैयाँ र १० बुक ताससहित ८ जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्याम अर्यालले जानकारी दिनुभयो ।

विशेष सुचनाको आधारमा प्रहरी निरीक्षक विशाल सापकोटाको कमाण्डको खटिएको टोलीले ८ जनालाई नगदसहित पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मनहरी–६ का ४७ वर्षीय रेशम तामाङ, २४ वर्षीय रविन मोक्तान, ५३ वर्षीय गोपीलाल मोक्तान, ४२ वर्षीय अशोक राई, ४० वर्षीय कृष्ण थिङ, ४० वर्षीय कृष्ण पाख्रिन, ४५ वर्षीय सन्तोष राई र ३३ वर्षीय विष्णु पाख्रिन छन् । पक्राउ परेकाहरु माथी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

Exit mobile version