Home अर्थ/व्यापार हेटौँडा उपमहानगरको विशेष नगर सभा सम्पन्न, करको दर संशोधन नहुने

हेटौँडा उपमहानगरको विशेष नगर सभा सम्पन्न, करको दर संशोधन नहुने

विशेष नगरसभालाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख मीना कुमारी लामा ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको विशेष नगरसभाले चालु आर्थिक वर्षको आर्थिक ऐनमा कुनै किसिमको संशोधन नगरी लागु गर्ने निर्णय गरेको छ।

बुधबार बसेको विशेष नगरसभाले चालु आर्थिक वर्षको आर्थिक ऐनमा गरिएको व्यवस्थामा नगरवासीको माग बमोजिम करको दर पुनरावलोकन नगरी आगामी आर्थिक वर्षमा पुनरावलोकन गर्ने संकल्प प्रस्ताव पारित गरेको छ।

विशेष नगरसभामा सहभागी नगरसभाका सदस्यहरु ।

कर वृद्धिबाट नगरवासीलाई पर्न गएको असरलाई भने विशेष नगरसभाले आत्मसात गरेको छ। आर्थिक ऐनमा संशोधन गर्दा विनियोजन विधेयकमा समेत असर पर्ने भन्दै नगरसभाले संशोधन नगर्ने निर्णय गरेको हो।

Exit mobile version