Home मुख्य समाचार बागमती प्रदेशमा बाढी, पहिरोमा परेर ४९ जनाको मृत्यु

बागमती प्रदेशमा बाढी, पहिरोमा परेर ४९ जनाको मृत्यु

भीमफेदी सडक पन्छाउँदै प्रहरी

हेटौँडाः गत बिहिबारदेखि शनिबारसम्मको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परेर बागमती प्रदेशमा ४९ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यका बाहेकका जिल्लामा बाढी पहिरो र डुवानमा परेर ४९ को मृत्यु हुँदा ४० जना घाइते भएका छन् भने ३५ जना हराइरहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांक अनुसार असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर धादिङ र काभ्रेमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । बाढी पहिरोमा परेर धादिङमा १६ र काभ्रेमा १२ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । त्यस्तै बाढी पहिरोका कारण मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, दोलखामा ३, सिन्धुलीमा २ जना, रामेछाप, चितवन र नुवाकोटमा १÷१ जनाको मृत्यु भएको छ । रसुवामा मानवीय क्षति भएको छैन ।

बाढी पहिरोमा परेर सिन्धुपाल्चोकमा १६ जना घाइते हुँदा ६ जनाको अवस्था अज्ञात रहेको छ भने दोलखामा १ जना घाइते भएका छन् भने ४ जना बेपत्ता भएका छन् । काभ्रेमा घाइतेको संख्या १५ रहेको छ भने २३ जना बेपत्ता, नुवाकोटमा १ जना घाइते, धादिङमा घाइते ४ र २ जना वेपत्ता, मकवानपुरमा ३ जना घाइते भएका छन् ।

बाढी पहिरोको जोखिममा रहेका प्रदेशका ३२ घरका २४१ जनालाई सुरक्षित स्थानान्तरण गरिएको छ । प्रहरीका अनुसार चितवनमा ३ घरका १००, रसुवाका ४ घरका १९ जना, सिन्धुपाल्चोकका ६ घरका ३० जना, दोलखामा एक घरका ७ जना, रामेछापमा ३ घरका १० जना र सिन्धुलीमा १५ घरका ७५ जनालाई सुरक्षित स्थानान्तरण गरिएको छ ।

बाढी पहिरोका कारण मकवानपुरमा ३६ घर पूर्णरुपमा क्षति भएको छ भने चितवनमा २, नुवाकोटमा ४, रसुवामा ५, काभ्रेमा २३, सिन्धुपाल्चोकमा ५, दोलखामा २, रामेछापमा २०, सिन्धुलीमा एक गरी ९८ घर पूर्णरुपमा क्षति भएको छ । नुवाकोटमा १ र सिन्धुलीमा २ घरमा बाढी पहिरोले आंशिक क्षति पुगेको छ । बाढीका कारण मकवानपुरमा एउटा पुल बगाएको छ भने सिनधुपाल्चोकमा २ वटा सडक, पुल, रामेछापमा ३ वटा सडक तथा पुल बगाएको छ भने मकवानपुरमा ५, धादिङमा ४, नुवाकोटमा १०, सिन्धुपाल्चोकमा ५ गरी २४ पशुचौपायाको मृत्यु भएको छ ।

४,११९ प्रहरी परिचालन
प्रदेशमा बाढी, पहिरो तथा डुवानका घटना नियन्त्रण तथा उद्दार कार्यमा ४ हजार १ सय १९ जना प्रहरी परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी, पहिरो तथा डुवानका घटनामा खोजी उद्दार तथा सुरक्षाका लागि मकवानपुरमा ५ सय ६९, चितवनमा ७ सय ५९ जना, धादिङमा ४ सय ४ जना प्रहरी परिचालन गरिएको छ । त्यस्तै नुवाकोटमा ३ सय ५९, रसुवामा २ सय १, काभ्रेमा ५ सय ४, सिन्धुपाल्चोकमा ३ सय ८५, दोलखामा २ सय ७१, रामेछापमा २ सय ८६, सिन्धुलीमा ३ सय ८१ जना प्रहरी परिचालन गरिएको छ ।

Exit mobile version