Home मुख्य समाचार मकवानपुरगढीको हिउँदे अधिवेशन माघ पहिलो साता हुने

मकवानपुरगढीको हिउँदे अधिवेशन माघ पहिलो साता हुने

मकवानपुरगढी गाउँपालिका

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको हिउँदे अधिवेशन आगामी माघको पहिलो सातामा हुने भएको छ । अधिवेशनको तयारीका लागि बुधबार बैठक बसेर निर्णण गर्ने पालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताउनुभयो ।

अधिवेशनमा बजेट संशोधन हुने अध्यक्ष स्याङ्तानले बताउनुभयो । पालिकाले चालु आर्थिक वर्षमा लिएको लक्ष्यभन्दा कम राजस्व संकलन भएपछि केही बजेट संशोधन गर्ने उहाँले बताउनुभयो । पालिकाले उठाउने नदीजन्य पदार्थबाट उठ्ने राजस्व र नियमित दर्ता प्रक्रियाको राजस्व सोचेअनुसार नउठेको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँभन्दा बढी आन्तरिक राजस्व उठाउने लक्ष्य लिए पनि आधा पनि नउठेको उहाँले बताउनुभयो । उहाँले बजेट हुनेसम्म रकमान्तरण गर्ने र आन्तरिक स्रोतबाट अत्यावश्यक नभएको शीर्षकको बजेट कटौती गर्ने सोच रहेको उहाँले बताउनुभयो । पालिकाले चालु आर्थिक वर्षका लागि ६२ करोड २ लाख ५६ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

जिल्लाका हेटौंडा उपमहानगरपालिका र राक्सिराङ गाउँपालिकाले हिउँदे अधिवेशन सम्पन्न गरेको छ । कैलाश, भीमफेदी, बकैया र इन्द्रसरोवर गाउँपालिकामा आगामी माघ महिनाभित्रमा अधिवेशन गर्ने तयारी भइरहेको जनाइएको छ ।

Exit mobile version