Home मुख्य समाचार टुटेपानीमा आगलागी, १० लाख रुपैयाँ बराबरको क्षति

टुटेपानीमा आगलागी, १० लाख रुपैयाँ बराबरको क्षति

हेटौंडाः हेटौँडा–१३, टुटेपानीस्थित उत्तम गुम्जाको गोठमा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आइतबार साँझ ६ बजेर ३० मिनेटको समयमा गुम्जाको घरसँग जोडिएको जस्ता र काठले बनेको गोठमा अचानक आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

आगलागीबाट गोठभित्र रहेको दुई वटा राँगाको अगाडि र पछाडिका खुट्टामा जली घाइते भएको छ । आगलागीमा १५ सय केजी मकै, सालको काठ ३५० क्युफिट, जस्तापाता १३५ थान जले नष्ट हुँदा ९ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आइतबार राती ७ बजेर ३० मिनेटको समयमा आगलागी नियन्त्रणमा लिएको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

Exit mobile version