Home मुख्य समाचार स्ववियुको पहिलो बैठक, छात्रावास व्यवस्थित गर्न माग

स्ववियुको पहिलो बैठक, छात्रावास व्यवस्थित गर्न माग

गत शुक्रबार स्ववियु अध्यक्षलाई प्रमाणपत्र वितरण गर्नुहुँदै ।

हेटौंडाः हेटौंडा–१० स्थित वन विज्ञान क्याम्पसको नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसको छात्रावास व्यवस्थित रुपमा सञ्चालनमा ल्याउन माग गरेको छ । आइतबार बसेको नवनिर्वाचित समितिको पहिलो बैठकले “छात्रावास व्यवस्थापन समिति” ले क्याम्पस प्रशासन समक्ष पेश गरेको “छात्रावास व्यवस्थापन कार्यविधी–२०७९” यथाशिघ्र कार्यान्वयन गर्न माग गर्ने निर्णय गरिएको स्ववियु अध्यक्ष दीपेन्द्र कँडेलले जानकारी गराउनुभएको छ ।

चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनबाट अध्यक्षमा दिपेन्द्र कँडेलसहित सचिवमा किस्मत रेग्मी, कोषाध्यक्षमा विपना खड्का मगर, सदस्यमा सुमित्रा मगर, प्रेम बस्नेत, छत्र शाही ठकुरी, रोशनी परियार र कृष्ण प्रसाद सुवेदी निर्वाचित भएका थिए । यस्तै समानुपातिक निर्वाचन प्रणालीबाट सदस्यमा सुरुची मैनाली, श्याम बुढा, अमृत देवकोटा, निराजन बुढा, विनय दुलाल, जिक्रुल्लाह अन्सरी र दीपा पौडेल निर्वाचित भएका छन् ।

स्ववियुले सुरुची मैनालीको संयोजकत्वमा ४ सदस्यीय भित्तेपात्रो प्रकाशन समिति गठन गर्ने निर्णय गरेको छ । समितिको सदस्यमा कृष्णप्रसाद सुवेदी, रोशनी परियार, विनय दुलाल रहनुभएको छ । यसअघि निर्वाचन समितिले गत शुक्रबार नवनिर्वाचित समितिलाई सपथग्रहण गराई पदस्थापित गरेको थियो । नवनिर्वाचित समिति पदस्थापित भएर पहिलो बैठक बसे पनि उपाध्यक्ष र सहसचिव मनोनित गर्न भने बाँकी नै छ । वन विज्ञान क्याम्पस हेटौंडामा स्नातक र स्नात्तकोत्तर तहको पठनपाठन हुन्छ ।