हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१५, चुरियामाई मदिर छेउमा एक मानिस मृत फेला परेका छन् । शनिबार दिउँसो ३ बजेको समयमा ६० बर्षीय नाम, ठेगाना नखुलेको पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
मृतक लामो समयदेखि मन्दिरमा मागेर बस्दै गरेको प्रहरीले जनाएको छ । शव चुरियामाई मन्दिरको सिँढीमा फेला परेको थियो । शव मुचुल्का पश्चात पोष्टमार्टमका लागि हेटांैडा अस्पतालमा पठाइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
