Home अर्थ/व्यापार प्रदेश सरकारले समुदाय लक्षित अनुदान दिन्छः मुख्यमन्त्री जमकट्टेल

प्रदेश सरकारले समुदाय लक्षित अनुदान दिन्छः मुख्यमन्त्री जमकट्टेल

मुख्यमन्त्री शालिकराम जमकट्टेल

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले बामगती प्रदेश सरकारले समुदाय लक्षित अनुदान मात्र दिने बताउनुभएको छ । शुक्रबार हेटौंडामा आयोजित नेपाल बीउ व्यवसायी संघ बागमती प्रदेश समितिको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै उहाँले व्यक्तिलाई नगद अनुदान दिने काम रोक्ने बताउनुभएको छ ।

बागमती प्रदेश सरकार उत्पादनको क्षेत्रमा नयाँ ढंगले अगाडि बढ्ने उहाँले बताउनुभयो । बागमती प्रदेश सरकारले प्रदेशका मकवानपुर, चितवन, धादिङ, नुवाकोट र काभ्रेमा कृषी बीउ पकेट क्षेत्र निर्माण गर्ने गरी तयारी अगाडि बढाएको उहाँले बताउनुभयो । उहाँले प्रदेश सरकारले किसानहरुलाई आवश्यक तालिम दिने बताउनुभएको छ । कार्यक्रममा बोल्नुहुुँदै बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्री केशव पोखरेलले रैथाने बीउको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । उहाँले प्रदेश भित्रका कृषकहरुलाई सहज रुपमा मल उपलब्ध गराउने बताउनुभएको छ । प्रदेशभित्र रहेका किसानहरुलाई व्यावसायिकताको आधारमा वर्गीकरण गरी किसान परिचयपत्र वितरण गर्ने व्यवस्था छिटो मिलाइने उहाँले बताउनुभयो ।

यस्तै, बीउ व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष सुवास कुमार धितालले परीक्षण भएको बीउको मात्र विक्री वितरण गर्न पाउनुपर्ने बताउनुभएको छ । अहिले बजारमा आउने अधिकांश बीउ बिना परीक्षणको हुने भएकाले सबै बीउको परीक्षण हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले बीउविजनको खुद्रा विक्रेतालाई तालिमको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

Exit mobile version