Home खेलकुद बागमती गाउँपालिकामा राष्ट्रपति रनिङशिल्डको उपाधी जनता माविलाई

बागमती गाउँपालिकामा राष्ट्रपति रनिङशिल्डको उपाधी जनता माविलाई

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा सञ्चालन भएको पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधी बागमती–८ स्थित जनता माविले जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण, ७ रजत र ९ कास्यसहित जनता माविले उपाधी जितेको हो ।

जितसँगै जनता माविले ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । यस्तै, बागमती–५ स्थित देवकी मावि द्वितीय भएको छ । देवकीले १० स्वर्ण, ४ रजत र ६ कास्य जितेको हो । द्वितीय भएको देवकीले नगद २० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । यस्तै बागमती–१ स्थित सूर्य मावि ७ स्वर्ण, ११ रजत र ७ कास्यसहित तृतीय भएको छ । सूर्य माविलाई नगद १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको छ । बागमती–२ स्थित बागमती माविले ३ स्वर्ण, ५ रजत र १ कास्यसहित सान्त्वना भएको छ । बागमती–७ स्थित चौरा आधारभूत विद्यालयले ३ स्वर्ण, १ रजत जितेको छ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी देवकी माविकी निमा स्याङ्बो घोषित भइन् । यस्तै, ट्रयाकतर्फको उत्कृष्ट खेलाडी सूर्य माविकी आरती बोम्जन र फिल्डतर्फको उत्कृष्ट खेलाडी सूर्य माविकै मेरिशा राई घोषित भइन् ।

Exit mobile version