Home मुख्य समाचार स्वास्थ्य सतर्कता अपनाउन आग्रह

स्वास्थ्य सतर्कता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना ।

हेटौंडाः जिल्ला प्रशाासन कार्यालय मकवानपुरले छिमेकी देशमा कोरोनाको नयाँ भेरिएन्ट देखापरेकाले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमण नेपालमा कम हुँदै गएपनि छिमेकी देशमा कोरोनाको नयाँ भेरिएन्ट देखापरेकाले त्यसको असर नेपालमा पनि पर्नसक्ने भएकाले स्वास्थ्यका सबै मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गर्नुभएको छ ।

उहाँले बढी भीडभाड हुने स्थानमा नजाने, सार्वजनिक स्थानहरुमा जानुपरे अनिवार्यरुपमा मास्क तथा स्यानिटाईजरकोे प्रयोग गर्न/गराउन, एक अर्कामा भौतिक दूरी कायम गर्न तथा जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गर्नुभएको छ । कोरोनाको बुस्टर डोजको मात्रा लगाउन छुटेकाले नजिकको स्वास्थ्य संस्थामा गएर लगाउन समेत आग्रह गर्नुभएको छ ।

Exit mobile version