Home मुख्य समाचार नवनिर्वाचित सदस्यलाई जिससको बधाई तथा स्वागत

नवनिर्वाचित सदस्यलाई जिससको बधाई तथा स्वागत

स्वागत तथा सम्मान कार्यक्रम सहभागी अतिथिहरु सामुहिक तस्विर खिचाउँदै ।

हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरले आज सोमबार कार्यक्रमको आयोजना गरी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा नवनिर्वाचितहरुलाई स्वागत, बधाई तथा शुभकामना दिएको छ । समन्वय समितिका प्रमुख ललित घलानको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का दीपक बहादुर सिंह, क्षेत्र नम्बर २ का महेश बर्तौला, प्रदेश सभा सदस्य क्षेत्र नम्बर १(क) का प्रेम बहादुर पुलामी, १(ख)का एकालाल श्रेष्ठ, २ (क) का कुमारी मोक्तान र २ (ख)का ईन्द्र बहादुर बानियाँलाई स्वागत तथा सम्मान गरिएको हो ।

कार्यक्रममा ईन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, मकवानपुर गढी गाउँपालिकाका दोर्जे लामा स्याङ्तान, थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, शसत्र प्रहरी उपरिक्षक तेज बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version