Home मुख्य समाचार मनहरीमा एक वृद्धमाथि खुर्पा प्रहार

मनहरीमा एक वृद्धमाथि खुर्पा प्रहार

सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ का ७२ वर्षीय वृद्धमाथि धारिलो हतियार खुर्पा प्रहार भएको छ । शनिबार राति ११ बजेको समयमा ७२ वर्षीय वृद्ध तुलराम थिङलाई सामान्य विवादमा सोही ठाउँका ४० वर्षीय गोबिन्द मोक्तानले खुर्पा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

मोक्तानको खुर्पा प्रहारबाट वृद्ध थिङको टाउकोमा चोट लागेको थियो । खुर्पा प्रहार गर्ने मोक्तानलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय नेवारपानीमा बुझाई घाइतेलाई उपचारको लागि चुरेहिल अस्पताल ल्याइएको थियो । थिङको स्वास्थ्य अवस्था अहिले मध्यम रहेको प्रवक्ता कार्कीले बताउनुभयो । प्रहरीले सोही ठाउँका १७ वर्षीय रोज रुम्बालाई पनि घटनामा संलग्न भएको भन्ने बुझिएपछि नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।

Exit mobile version