Home मुख्य समाचार मनहरी खोलाले बगाउँदा एक महिलाको मृत्यु, एक बेपत्ता

मनहरी खोलाले बगाउँदा एक महिलाको मृत्यु, एक बेपत्ता

साङ्केतिक तस्विर

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिका–१० को धाँदरबाट नाम्सेदुङ्ग जान मनहरी खोला तर्ने क्रममा दुईजना महिलालाई मनहरी खोलाले बगाएको छ । मनहरी खोलाले बगाएका मध्ये एकजनाको शव बरामद भएको छ भने अर्को एकजना भने अझै बेपत्ता रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

शनिबार साँझ ६ बजेको समयमा मनहरी खोला तर्ने क्रममा बिमला सुनार, सन्तमाया प्रजा र माइलीमाया रुम्बालाई खोलाले बगाएको प्रहरीले जनाएको छ । खोलाले बगाएका मध्ये बिमला सुनार खोलाबाट बाहिरिन सफल भए पनि प्रजा र रुम्बालाई भने खोलाले बगाएको प्रहरीको भनाइ छ । खोलाले बगाएका प्रजाको शब आइतबार बिहान बरामद भएको छ भने रुम्बाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।1

Exit mobile version