बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने समृद्ध समाज संवाददाता - July 7, 2022 हेटौंडाः बागमती प्रदेश सभाको बैठक असार २९ गते बस्ने भएको छ । चालु दशौं अधिवेशनको २५ औं बैठक असार २९ गते दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले बिहीबार एक सूचना जारी गरी जनाएको छ ।