Home मुख्य समाचार बागमती गाउँपालिकाले सदरमुकाममा अलपत्र भएकालाई उद्दार गर्ने

बागमती गाउँपालिकाले सदरमुकाममा अलपत्र भएकालाई उद्दार गर्ने

हेटौंडाः मकवानपुर जिल्लाको बागमती गाउँपालिकाले गाउँपालिकाका नागरिक जिल्ला सदरमुकाम हेटौंडाबाट गाउँ फर्कन समस्या भए उद्दार गर्ने जनाएको छ । आज सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्दै गाउँपालिकाले यस्तो जनाएको हो । विश्वव्यापी कोरोना भाइरसको संक्रमणबाट मानवीय जीवन रक्षाका लागि नेपाल सरकारको गरेको लक डाउनमा हेटौंडामा रहेका गाउँपालिकाका नागरिकलाई लैजाने व्यवस्था गर्न लागेको गाउँपालिकाले जनाएको छ । हेटौंडामा रहेको बागमती गाउँपालिकाका व्यक्तिहरुलाई ९८५५०७२०७२ र ९८५५०८८६८८ मोबाइल नम्बरमा सम्पर्क गर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ ।