Home मुख्य समाचार थाहा ९ मा राजकुमार र १० मा हिरा विजयी

थाहा ९ मा राजकुमार र १० मा हिरा विजयी

हेटौंडाः थाहा नगरपालिका वडा नम्बर ९ को अध्यक्षमा राज कुमार बलामी र १० मा हिरा बहादुर गमाल विजयी हुनु भएको छ । वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रको राजकुमार बलामी ७ सय ७८ मतसहित विजयी हुनु भएको छ ।

वडा अध्यक्षका प्रत्यासी नेकपा एमालेको राम कृष्ण बस्नेतले ६ सय ५६, नेपाली कांग्रेसको देब कुमार श्रेष्ठ ४ सय ९४ मत प्राप्त गरेका थिए । सदस्यहरुमा नेकपा एमालेका रमेश बलामी(७०६), रामकृष्ण कपाली (६२७), महिला सदस्य माओवादी केन्द्रको अनिता बल(८३४), दलित महिला सदस्य पार्वति सुनार (८५२) विजयी भएका छन् ।

यस्तै, वडा नम्बर १० को अध्यक्षमा हिरा बहादुर गमाल ६ सय ५३ मतसहित प्यानल नै विजयी भएको हो । वडा अध्यक्षका प्रत्यासीहरु नेपाली कांग्रेसका रामकृष्ण गमालले ६ सय २२, नेकपा माओवादी केन्द्रका मंगलाल गोपालीले ३ सय ५३ मत प्राप्त गरेका छन् । यस्तै, सदस्यहरुमा नेकपा एमालेका उत्तम गोपाली(६४८) र नेकपा एमालेकै विनोद कुमार बस्नेत (६४४), महिला सदस्यमा नेकपा एमालेकी शर्मीला बस्नेत(६६७) र दलित महिला सदस्यमा भक्ति परियार(६८७) विजयी भएका छन् ।

Exit mobile version